पूर्वमन्त्री जोशीको अवस्था गम्भीर

मष्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

गएको फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।

तर, फेरि समस्या बढेको भन्दै भेन्टिलेटरमा राखिएको हो । उपचारमा संलग्न डाक्टरहरुले नेता जोशीको अवस्था जोखिमपूर्ण रहेको बताएका दाजु राजुराज जोशीले जानकारी दिनुभयो ।

डाक्टरको सल्लाहअनुसार नै फेरि भेन्टिलेटरमा राखेर उपचार थालिएको उहाँले बताउनुभयो ।