खेलकुद कार्यक्रमबाट घर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते

खेलकुद कार्यक्रमबाट घर फर्कने क्रममा अक्षामको मेल्लेख गाउँपालिकामा –७ दुपाल्तमा ट्याक्टर दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुँदा १५ जनाविद्यार्थी घाइते भएका हुन ।

दुर्घटनामा परेका सबैको मंगलबार बेलुकी जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ दिएको छ ।

दुर्घटनामा परि घाइतेकको हात, खुट्टा, टाउको र शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
दुर्गादेवि माध्यमिक बिद्यालयका बिद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटनामा भएको मेल्लेख प्रहरी चौकीले जानकारी दिएको छ ।