पहाडी क्षेत्रमा हल्का पानी पर्ने

आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइ पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्को भनाइ छ।

मौसमविद् समिर श्रेष्ठकाअनुसार दिउँसोपछि पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसम बद्ली भएको मौसमविद्को भनाइ छ । पर्सिदेखि भने बिस्तारै मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

आज सुदूरपश्चिम प्रदेशको मौसम पूर्णरुपमा बद्ली हुने र त्यहाँका हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । तराईका जिल्लाको मौसम भने आंशिक बद्ली हुनेछ । भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने अनुमान छ ।