राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहकी नेतृ कोमल वलीले प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तविरुद्ध उजुरी दिने भएकी छन्।
नेता पन्तविरुद्ध नेतृ वलीले गाली बेइज्जती मुद्दामा भोलि मंगलबारउजुरी दिन लागेकी हुन्। नेता पन्त आफूविरुद्ध सार्वजनिक मञ्चबाटै गाली बेइज्जतमा उत्रिएकामा वलीले उजुरी दिन लागेकी हुन्।
नेता पन्तले यसअघि गत फागुन १५ गते एउटा कार्यक्रममा सम्बोधन गर्दै वलीमाथि प्रश्न उठाएका थिए।