बर्दिया – प्लान इन्टरनेशनल नेपालको आयोजनामा सिकाइ परियोजना संचालन भएका जिल्ला, स्थानिय तह तथा प्रदेशस्तरिय शिक्षा निकाय र साझेदारी संस्थाका प्रतिनिधिहरुको लागि स्टिम शिक्षा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम नेपालगंजमा सम्पन्न भएको छ । फाल्गुन १९ गतेदेखि २१ गते सम्म संचालन भएको उक्त तालिमलाई काठमाण्डु विश्वविद्यालयका सहायक प्राध्यापक तथा कार्यवाहक स्टिम शिक्षा विभाग प्रखुम विनोद प्रशाद पन्तले सहजिकरण गर्नुभएको थियो ।
तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण भएको थियो । तालिममा बोल्दै सहभागीहरुले तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानिय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी भएको बतानुभयो ।
तालिमको समापन शत्रलाई सम्बोधन गर्दै प्लान इन्टरनेशलन नेपालका क्षेत्रिय प्रवन्धक मिना पराजुलीले विश्वमा आएका परिवर्तनहरुलाई आत्मसात गर्दै जानु पर्ने तथा स्टिम शिक्षालाई विद्यालयस्तरमा लैजानुपर्ने आवश्यकता रहेकोः र यो तालिमले सो लक्ष्य प्राप्त गर्न थप टेवा पुग्ने अपेक्षा गरेको बताउदै विद्यालयमा समय सान्र्दर्भिक शिक्षा प्रदान गर्दैै बालबालिकालाई समयको माग अनुसारको सिप दिनुपर्ने बताउनुभयो ।
उक्त तालिममा ९ जिल्लाः बाँके, बर्दिया, सुनसरी सिन्दुली,डोल्पा, मनकानपुर, कालिकोट, जुम्ला, सुर्खेतबाट ४२ जना सहभागी रहेको थियो ।