प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गर्दै

काठमाडौँ – नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। आज बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले प्रधामन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ताका लागि एक सय ११ जना सांसदले हस्ताक्षर गरिसकेको सांसद यज्ञराज सुनुवारले जनाकारी दिए।

उनका अनुसार अझै चार जना सांसदको हस्ताक्षर गर्ने तयारी भईरहेको छ ।