थप १२० जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडौं—नेपालमा थप `१ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ४३ जनाको पीसीआर परीक्षण भएकोमा थप १ सय २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको छ । कोरोनामुक्त हुने दर ९८. ६ प्रतिशत पुगेको छ।