नेपाल शान्तिपूर्ण देश भयो, अब हिंसाको बाटोमा कोही छैन : ओली

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण भएको बताएका छन्।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘देश विकासका लागि शान्तिपूर्ण वातावरण चाहिन्छ। त्यही वातावरण सिर्जना गर्ने क्रममा आज त्यो ऐतिहासिक काम गएको छ। नेपाल शान्तिपूर्ण देश भएको छ। अब नेपालमा हिंसाको बाटोमा कोही छैन।’

शान्तिपूर्ण ढंगले बाँच्न पाउने हरेक नेपालीका चाहाना भएको समेत बताए। ‘अब देश विकासको कामले गतिशिल ढंगले अगाडि बढ्छौँ।’ उनले भने, ‘नेपाली जनताको चाहाना यही हो। हामी सबैको चाहाना समृद्ध नेपाल, सुखी नेपाली हो।’

लोकतन्त्र, सामाजिक न्याय र समानताको लागि लाग्ने उनले बताए। उनले विप्लव नेतृत्वको नेकपाको सेफ ल्यान्डिङ भएको पनि बताएका छन्। थाहाखबर