३ बुँदे सहमति भएपछि चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता भएर ३ बुँदे सहमति भएपछि संगठित अपराध, आगजनीलगायतका मुद्दामा ११ दिन देखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला आज रिहा भएका छन्

परिवारका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गर्दै प्रहरीले सुरक्षासहित उनलाई काठमाडौं पठाएको छ ।

नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताउँदै उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना भएको बताएका छन

सरकारसँग सहमति भएपछि नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटिसकेको छ त्यस्तै विभिन्न कारागार र हिरासतमा रहेका नेकपाका कार्यकर्ता रिहा गर्ने र मुद्दा खारेजी गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ