सत्ताप्रतिको लोभ त्यागे एकताको सम्भावना छ : योगेश भट्टराई

नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ढ–माधवले सत्ताप्रतिको लोभ त्यागे एकताको सम्भावना रहेको बताउनुभएको छ

प्रेस संगठन नेपाल ताप्लेजुङले शुक्रबार फुङलिङमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो

‘नेकपा एकता हुने सम्भावना जीवित छ, एकता मरिसकेको छैन, त्यो कोमामा पनि पुगि सकेको छैन’ तर एकताका लागि अब प्रत्येक नेताले पदीय लोभ त्याग गर्न सक्नुपर्छ।’उहाँले भन्नुभयो

पहिलो चरणमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद त्याग्नुपर्ने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले प्रधानमन्त्री पदमा नगय एकताका हुने बताउनुभएको छ ।

पार्टीका जो कोही प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री बनाउने सर्तमा पार्टी एक हुने सम्भावना रहेको उहाँको भनाइ छ

‘ नेता भट्टराईले भन्नुभएको छ प्रधामन्त्री केपी ओलीलाई मेरो अनुरोध छ कि तपाईले ईतिहासमा एउटा निर्णय लिनै पर्छ,’ भने, ‘त्यो निर्णय तपाईका लागि कठोर हुन सक्छ। तर मुलुकका लागि प्रिय हुन सक्छ।