सम्बन्धविच्छेदपछि सैफले अमृतालाई दिएका थिए यति करोड

काठमाडौं – बलिउडका अभिनेता सैफ अली खान चौँथो पटक पिता बनेका छन् । उनकी दोस्रो पत्नी तथा अभिनेत्री करीना कपूरले दोस्रो बच्चाको जन्म दिएपछि सैफ चारवटा सन्तानको पिता बनेका हुन् ।

सैफकी पहिलो पत्नी तथा अभिनेत्री अमृता सिंहका दुई सन्तान छन् । छोरा इब्राहिम र छोरी सारा खान ।

सैफले पहिलो पत्नी अमृतालाई सम्बन्धविच्छेद गरेपछि करीनासँग विवाह गरेका हुन् । सैफले आफूभन्दा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार फिल्म निर्माता राहुल रवैलको एउटा फिल्म सेटमा नजिकिएका सैफ र अमृताले सन् १९९१ मा विवाह गरेका थिए । तर १३ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।

सम्बन्धविच्छेदपछि सैफले ५ करोड (भारतीय रकम) दिएका थिए । उनले २.५ करोड पहिलोपटक र २.५ करोड दोस्रोपटक गरेर ५ करोड दिएका थिए । साथै, सैफले इब्राहिम १८ वर्षको हुँदासम्म हरेक महिना १ लाख दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *