इराकको नसिरियामा विरोधी प्रदर्शनकारीलाई गोली हानी हत्या

चार जना सरकारी विरोधी प्रदर्शनकारीलाई इराकको नसिरियामा सरकारी फोर्सले गोली हानी हत्या गरेको छ ।

ती प्रदर्शनकारीहरूले कोरोना भाइरसको दोस्रो लहरका कारण जारी गरिएको स्वास्थ्य मापदण्ड र लकडाउनको बहिस्कार गर्दै कमजोर सरकारी सेवाविरुद्धको असन्तुष्टि पोख्न सडकमा उत्रिएका थिए ।

उनीहरूले २०१९ को अन्त्यमा बेरोजगारी र भ्रष्टाचारविरुद्धमा आन्दोलन गरेका थिए भने पछि गएर त्यो आन्दोलन दक्षिणी इराक र बग्दादमा सरकार-विरोधी बनेको थियो ।

पछिल्लो समय देशको सबैतिर फैलिएर आवाज उठाउन थालेपछि त्यो आन्दोलनका चार सदस्यलाई गोली हानी शान्त पारिएको छ । शुक्रबार भएको आन्दोलनका क्रममा सरकारी सुरक्षा कर्मीले गोली चलाएका थिए ।

सोही क्रममा गोली लागेका तीन प्रदर्शनकारीको तत्काल मृत्यु भएको थियो भने बाँकी एकको उपचार नपाएर मृत्यु भएको थियो ।

‘उनीहरूसँगै रहेका थप ४७ प्रदर्शनकारी गोली लागेर घायल भएका छन्, अस्पतलाहरू सबै कोरोना भाइरस संक्रमितले भरिएका छन् । हामीलाई ती घाइतेहरूलाई उपचार गर्न कठिनाइ भइरहेको छ,’ एक स्वास्थ्यकर्मीलाई उदृध गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्