कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १५ जना स्टाफ नर्स

  काठमाडौं—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५ जना स्टाफ नर्स माग गरेको छ । बुधबार प्रतिष्ठानले एक सूचना प्रकाशित गर्दै १५ जना स्टाफ नर्स माग गरेको हो । प्रतिष्ठानको अस्पताल आईसीयु, एनआईसीयु युनिट र बर्थिङ सेन्टरका लागि प्रतिष्ठानले पाँचौ तहका नर्सहरु माग गरेको हो ।