सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं – चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १३४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर १३५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।