सल्यानमा सक्रमितको संख्या २२२, तीन महिनाको बच्चा सहित १५ नयाँ संक्रमित थपिए

सल्यान – सल्यानमा तीन महिनाको बच्चा सहित १५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा तीन महिनाको बालक सहित १५ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा न १ का ३५ वर्षीय पुरुष, वडा न २ का ३ महिने शिशु, २१ र २७ वर्षका पुरुष, १९ र २७ वर्षीया महिला, वडा न ३ का १८, २१, ३८, ५१, ५९ वर्षका पुरुष रहेका छन् ।
यस्तै वडा न ७ का १९ , २१ वर्षका पुरुष र १८ वर्षीया महिला रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । बुधबार थपिएका सबै क्वारेनटाइनमा रहेको र नगरपालिकामा रहेको आइसोलेसनमा ल्याउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
बुधबार थपिएका १५ जनासँगै सल्यानमा सक्रमितको संख्या २ सय २२ पुगेको छ । सबैभन्दा धेरै बनगाड कुपिण्डे नगरपालिकाका १६४ जना रहेका छन् । यस्तै शारदा नगरपालिकामा ३, बागचौर नगरपालिकामा ११, कुमाख गाउँपालिकामा १८, सिद्ध कुमाख गाउँपालिकाका ३, त्रिवेणी गाउँपालिकामा ५, कालिमाटी गाउँपालिकामा २ , कपुरकोट गाउँपालिकामा १ र सल्यान अस्पताल आइसोलेसनमा १ जनामा कोरोना पुष्टि भएको छ । जसमा १ सय ५२ जना डिस्चार्ज भएर घर फर्कि सकेका छन् ।