सुतेर ‘सपना देख्ने’ जागिर ; दुई हजार अमेरिकी डलर तलब

कतिपय कामदारलाई काममा एक महिना होइन, दुई महिना होइन, ६–७ महिना काम गरेको तलब नपाएका गुनासाहरू सुनिदै आएका छन् ।

तर, एक वेबसाइटले सुतेर सपना देख्नेलाई तलब दिने भएको छ । स्वास्थ्यका बारे सल्लाह दिने एउटा वेबसाइटले मात्र सुतेर ‘सपना देख्ने’ जागिरका लागि दुई हजार अमेरिकी डलर तलब दिने घोषणा गरेको हो ।

यसका लागि आवेदकले एउटा पाँचतारे रिसोर्टलगायत विभिन्न रमणीय र शानदार स्थानमा ।पाँच रात सुत्नुपर्ने बताइएको छ ।स्लिप स्टान्डर्स नामक वेवसाइटले निद्रा स्वास्थ्यसम्बन्धी सल्लाह प्रदान गर्ने तथा निंद्रासँग सम्बन्धित उत्पादित उपकरणहरूको पुनरावलोकन गर्दै आएको छ ।

यस वेबसाइटले निंद्राको गुणस्तरमा वातावरणीय कारक तत्वहरूको प्रभावबारे थप जानकारी हासिल गर्न साइटलाई मद्दत गर्ने एक उपयुक्त उम्मेदवारको खोजी गरिरहेको जनाएको छ ।

छनोटमा परेका व्यक्तिको सुत्ने, बस्ने र खाने सम्पूर्ण खर्च पनि वेबसाइटले नै व्यहोरिदिने बताइएको छ ।

यस वेबसाइटले निद्राको गुणस्तर वृद्धिका लागि होसियारपूर्वक थुप्रै वातावरणिय कारक तवहरू पनि मिलाइदिने बताएको छ ।साथै, यस काममा भाग लिने व्यक्तिले प्रत्येक सुत्ने वातावरणबारे १ देखि १० अंक निर्धारण गर्ने तथा प्रत्येक सुताइ अनुभको विस्तृत विवरण पेश गर्नुपर्नेछ ।

आगामी ३० मार्चसम्म वेबसाइटले उम्मेदवारहरूको आवेदन स्वीकार्ने बताइएको छ ।