सुर्खेत- मंगलबार कर्णालीका ७१ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् ।स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखको महाबु आइसोलेसनबाट ५६ जना, प्रदेश अस्पताल सुर्खेतबाट ९ जना, मैरवी आइसोलेसन दैलेखबाट ५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक जना गरी ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन ।यो संगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार ७२ पुगेको छ ।
ताजा खबर