कर्णालीका थप १६ जनामा कोरोना

सुुर्खेत- पछिल्लो २४ घण्टामा कर्णालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जबाट गरिएको परिक्षणमा थप १६ जनामा कोरोना देखिएको हो ।जसमा रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना, डोल्पा र कालिकोटका २÷२ जना र बाँकेका एक जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १४ सय ४३ पुगेको छ ।