गोरखामा एकै परिवारका तीन जना मृत भेटिएका छन्।
मृत्यु भेटिनेमा गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका १ बारपाक का ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ हुन
हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए।
उनीहरूको मुखमा फिँज आएको छ। अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी गुरुङले भने,‘उनीहरूको अवस्था हेर्दा हत्या गरेजस्तो देखिदैन।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय जौंबारीको टोली जाँदै छ।’
घटनाको थप अनुसन्धानभैरहेको प्रहरीले जनाएको छ।