काठमाडौं – सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । हरिहर निरौलाको प्रस्तुती ‘भरोसाको दियो…’ बोलको गीतमा सत्यराज आचार्यको स्वर छ ।
गीतमा शब्द रचना हरिहर निरौलाको छ । विशाल ढकालले सङ्गीत गरेको गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका छन् ।
गीतको म्यूजिक भिडियो पनि सत्यराज आचार्यले नै निर्देशन गरेका छन् ।
सत्यकै अभिनय रहेको भिडियोमा स्वरूपपुरुष ढकाल र पुष्पा रायमाझीको पनि अभिनय छ ।
हरि हुमागाईंको छायांकन रहेको भिडियो सम्पादन विकास धमलाले गरेका छन् ।