गायिका रविना परियारको हावा डाडैमा

काठमाडौं – गायिका रविना परियारले हावा डाडैमा बोलको लोक गीत बजारमा ल्याएकी छिन्।

गायनमा उनलाई सन्देश रिजालले साथ दिएका छन्। गीतमा निर्मल परियारको शब्द र सूर्यमणि आचार्यको संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा करिष्मा ढकाल र सन्जिव ठकुरीको अभिनय देख्न पाइनेछ।

गीतमा युवा पुस्ताको मायाप्रेम र धोकाको विषयवस्तु समेटिएको छ।