ताजा खबर
  

लिभरपुलको खराब प्रदर्शन, एर्भटनसँग पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल पराजित भएको छ।

प्रिमियर लीग अन्तर्गत गएराति एभर्टनले साविक विजेता लिभरपुलमाथि २–० को शानदार जित निकालेको हो। अवे मैदानमा एभर्टनले तेस्रो मिनेटमै रिचार्लिसनको गोलबाट अग्रता बनाएको थियो।

८३औं मिनेटमा जिल्फी सिगुरडसनले पेनाल्टीमार्फत गोल थप्दै एभर्टनको अग्रता दोब्बर पारेका थिए। त्यसपछि खेलमा थप गोल हुने सकेन । यो एभर्टनको सन् १९ सय ९९ पछि लिभरपुलको घरेलु मैदान एनफिल्डमा पहिलो जित समेत हो।

यस्तै लिभरपुलले १९ सय २३ पछि पहिलो पटक घरेलु मैदानमा लगातार चार हार व्यहोरेको छ। एभर्टन तालिकाको सातौं स्थानमा तथा लिभरपुल छैठौं स्थानमा कायमै छन् ।

त्यस्तै लीग अन्तर्गत नै फूलह्यामले सेफिल्ड युनाइटेडमाथि १–० को जित निकाल्दा चेल्सी र साउथह्याम्टन १–१ तथा बर्नली र वेष्टब्रोम गोलरहित बराबरीमा रोकिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *