पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाँदै

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जादै हुनुहुन्छ

नेपाल बायुसेवा निगमको जहाजबाट आज भट्टराई भारतको नयाँ दिल्ली जान लागेको उहाँको सचिवालयले जनाएको छ

भट्टराई स्वास्थ्य उपचारका लागि भारत जान लाग्नुृभएको हो उहाँँको पेटमा समस्या देखिएको छ।

भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरूको छ। चिकित्सकहरूकै सल्लाहमा स्वास्थ्य उपचारका लागि भट्टराई भारत जान लाग्नुभएको हो ।

उहाँको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ। उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसोबास त्यहाँ रहेको नेपाली दूतावासमा हुने भट्टराईको सचिवालयले जानकारी दिएको छ।

भट्टराईसँगै उहाँकि श्रीमती हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली जान लाग्नुभएको हो