कोरोनाले गर्दा स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन आयोः मुख्यमन्त्री पौडेल

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारणले नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो परिर्वतन आएको बताएका छन् ।
शनिबार भक्तपुर अस्पतालको अनुगमनपछिको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भने, ‘कहिलेकाहिँ नराम्रा कुराले.पनि राम्रो कुरा ल्याउँदो रहेछ, त्यो नै अहिले स्वास्थ्य क्षेत्रमा भएको परिवर्तन हो । ’
२०७२ सालको भूकम्पपछि पनि देशका शैक्षिक संस्थाहरुका भौतिक परिवर्तन ल्याएको स्ंमरण गर्दै मुख्यमन्त्री पौडेलले ५० औं वर्षपछि नहुने परिर्वतन भएको बताए ।

कोभिड–१९ हाम्रालागि असाध्यै खतरानाक र भयावाहक रोग भएपनि त्यसले दिएको परिणाम चाहिँ स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने मौका दिएको मुख्यमन्त्रीको भनाइ छ ।
उनले भने, ‘प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ब्यापक परिर्वतन गर्ने अभियानमा छ, प्रदेशमा सरकार मातहतमा १३ वटा अस्पताल रहने भएपनि केही अस्पताल आउने प्रक्रियामा रहेको छ ।’

प्रदेशको उत्कृष्ट अस्पताल बन्न सफल भएकोमा भक्तपुर अस्पताललाई बधाई दिँदै आगामी दिनमा अझैं धेरै काम व्यवस्थापन पक्षले गर्न बाकीँ रहेकाले त्यसतर्फ समेत ध्यानदिन आग्रह गरे ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरीटेन्डेण्ट डाक्टर सुमित्रा गौतमले यसै आर्थिक वर्षभित्रमा अस्पतालको क्षमता विस्तार गरेर २ सय बेड पु¥याउने लक्ष्य रहेको जानकारी दिइन् ।

विगतको वर्षहरुमा भन्दा अस्पतालमा निकै सुधार भएको उनको दाबी छ । अस्पतालको सेवा विस्तारको क्रममा भएपनि जनशक्तिको अभाव कायमै रहेको उनको भनाइ छ । सो कार्यक्रममा निवर्तमान संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद शशिजंग थापा र सरस्वती वाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवाललगायतको उपस्थिति रहेको थियो ।