काठमाडौँ – विश्वभरमा कोरोना विरामीको संख्या एक करोड पुगेको छ। पछिल्लो १ सय ८० दिनबाट विश्व कोरोनाको चपेटामा परेको छ। गत डिसेम्बर ३१ गते कोरोनाको पहिलो केस देखिएको थियो। त्यसको लगभग ३ महिनापछि २ सय भन्दा बढी देशमा कोरोना संक्रमण फैलिएको छ। महामारीको शुरुवात चीनबाट भएको थियो तर आज अमेरिका, ब्राजिल, रुस, भारत र बेलायत विश्वका पाँच सबैभन्दा संक्रमण देखिएको देशमा पर्छ। तीन महिनामा चीनले भने यस महामारीलाई नियन्त्रण गर्न सफल बनेको छ। जहाँ ८३ हजार संक्रमणको केस देखिएको थियो। विश्वभर गरेर ५३ लाखभन्दा बढी निको भएका छन्। त्यस्तै, विश्वभर गरेर हाल १ करोड ८२ हजार जनामा संक्रमण देखिएको छ। मृतकको संख्या भने ५ लाख १ हजार ३ सय ८ पुगेको छ।
ताजा खबर