गाउँपालिका अध्यक्ष भन्छन् : अनियमितता नरोकिएसम्म विद्यालयको ताला खोल्दिनँ

कालिकोट – विद्यार्थीलाई अधुरो भवनमा राखेको भन्दै आफूले विद्यालयको भवनमा ताला लगाएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताएका छन्।

पलाँता गाउँपालिका–१ खाडाको गणेश आधारभूत विद्यालयको दुईकोठे भवन निर्माण सम्पन्न नभएको भन्दै केही समयअघि ताला लगाइएको थियो।

केही संञ्चार माध्याममा नराम्रो भ्रम फैलाउन गाउँपालिका अध्यक्षले नै विद्यालयमा ताला लगाएर भनेर प्रचार बाजी गरेको प्रति आफ्नो घोर आपत्ति रहेको उनले बताएका छन्।

‘आफ्नो निजी लगानीबाट भवनका लागी हालेको बजेट हो। भवन निर्माण सम्पन्न भएको छैन। लगानीअनुुसार काम पनि भएको छैन। निर्माण भइरहेको भवनमा जोखिममै विद्यार्थीलाई राखिएको छ,’ उनले भने।

लगानीअनुसार काम नभएको प्राविधिक स्टिमेटअनुसार पनि काम नभएको भन्दै गुणस्तरहीन काम रोक्न ताला लगाउनुपरेको उनको भनाइ थियो। उपभोक्ता समिति र विद्यालयलको मिलेमतोमा अधुरो भवनमा हतारमा विद्यार्थी राखेपछि छानबिन नभएसम्मका लागि ताला नखुलाउने पनि उनले चेतावनी दिए।

यस भवनको अझै भुक्तानीको काम सकिएको छैन।