म्यानमारमा सैन्य ‘कू’ विरुद्ध भएको विरोध प्रदर्शनमा एक युवतीको गोली लागेर मृत्यु भएको छ। गत साता प्रहरीले हानेको गोली टाउकोमा लागि घाइते भएकी २० वर्षीया युवती म्या थ्वे थ्वे खाइङको मृत्यु भएको बीबीसीले जनाएको छ।
प्रहरीले प्रदर्शनकारीको भिडलाई तितरवितर पार्न पानीको फोहरा, रबर र लाइभ गोली प्रहार गरेका थिए। अधिकारकर्मीका अनुसार ती युवती लाइभ गोली नै लागेर घाइते भएकी थिइन्।
१० दिनअघि गोली लागेर घाइते भएकी उनी अस्पतालमा उपचाररत थिइन्। उनकाे उपचारकै क्रममा मृत्यु भएको हाे। म्यानमारमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेपछि त्यहाँ निरन्तर आन्दोलन जारी छ।