काठमान्डाै- पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा १ सय २० जना महिला र ४ सय ३४ जना पूरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय थपिएका ५५४ सहित देशभर ७७ जिल्लामा गरी १२ हजार ३ सय ९ संक्रमित पुगेका छन् । शनिवार रसुवा जिल्लामा पनि काेराेना संक्रमणा देखीएकाे छ । याे संगै देशका सबै जिल्लामा संक्रमण पुगेकाे छ ।
कुन ल्यावबाट कति पोजेटीभ
कोशि अञ्चल अस्पताल ल्यावमा १२ जना
प्रदेश जनस्वास्थ्य ल्याव विराटनगरमा २ जना
प्रदेश जनस्वास्थ्य ल्याव जनकपुर ३३ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु २२४ जना
नारायणी अस्पताल प्रयोगशाला विरगञ्जमा २ जना
भरतपुर अस्पताल ल्याव चितवनमा २ जना
धुलिखेल अस्पताल ल्यावमा ४ जना
प्रादेशीक ल्याव हेटौडामा ८ जना
पाटन अस्पताल ल्यावमा ६ जना
वीर अस्पताल प्रयोगशालामा ६ जना
त्रिवी शिक्षण अस्पतालको प्रयोगशालामा ८२ जना
प्रदेशिक जनस्वास्थ्य ल्याव रुपन्देहीमा ८५ जना
भेरी अस्पताल नेपालगञ्जमा ६ जना
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९ जना
प्रदेश प्रयोगशाला सुर्खेतमा ७ जना
सेती प्रदेशीक अस्पताल ल्यावमा ३५ जना