सल्यानकाे शारदा नगरपालिकामा पनि पहिलाे पटक काेराेना संक्रमित

सल्यान- सल्यानको शारदा नगरपालिकामा ३ जनामा कोरोना पोजेटिभ भेटिएका छन् । शारदा नगरपालिकाको वडा नम्बर ९ मा दुइ जना वडा नम्बर १२ मा एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
सम्बन्धित वडाको क्वारेन्टाइनमा बसी रहेको संक्रमितहरुलाइ सदरमुकाममा रहेको आइसाेलेशनमा ल्याउने तैयारी भइ रहेको अस्पतालका प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिए ।
यसैबिच सल्यान अस्पतालमा कार्यरत कर्मचारीमध्ये ५१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालबाट ७६ जनाको स्वाब संकलन गरि सुर्खेत पठाएकोमा ५१ जनाको पीसीर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । बाँकी रहेका २५ जनाको रिपोर्ट आउन बाँकी छ ।
याे संगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ५० जना उपचार पछि निको भएर घर फर्किसकेका छन ।संक्रमित मध्ये १ सय ५० जना उपचार पछि निको भएर घर फर्किसकेका छन ।