विजय र प्रविशाको भ्यालेन्टाइन विशेष गीत ‘दुरी मजबुरी’ (भिडियोसहित)

काठमाडौँ – गायक सिडी विजय अधिकारी र गायिका प्रविशा अधिकारीको भ्यालेन्टाइन विशेष गीत ‘दुरी मजबुरी’ सार्वजनिक भएको छ । एनेक्समक्स म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित विश्वभरीनै चर्चित ट्युनमा ‘दुरी मजबुरी’ को भिडियो तयार गरिएको छ । टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिले नै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी विजय अधिकारीले शब्द तथा संगीत गीत तयार भएको हो ।

भ्यालेन्टाइनको अवसरमा सार्वजनिक यो गीतमा प्रेमपीडा छ । गीतको भिडियो उत्तम श्रेष्ठ ‘शिशिर’ ले निर्देशन गरेका हुन् । मोडल सुधीर श्रेष्ठ र अशु न्यौपानेको अलवा गीतको भिडियोमा कलाकारहरु सरोज खनाल, रश्मी भट्ट, उत्तम श्रेष्ठ समेत देखिएका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेका हुन्, भने कोरियोग्राफीमा सन्तोष राजबहाक, सम्पादनमा अमृत चापागाई रहेका छन् ।