सुर्खेत – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षीदलका नेताहरुले उठेर विरोध जनाए पछि बैठक स्थगित भएको हो । यस अघि कांग्रेसले बुधबारको बैठक पनि अबरुद्ध पारेको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालय ल्याएको बजेट माथि नीतिगत त्रुटी भएकाले नसच्याएसम्म छलफल अगाडी बढ्न नसक्ने कांग्रेस संसदिय दलका नेता जीवन बहादुर शाहीले बताए ।
सरकारले त्रुटीलाई आत्माआलोचना गरेर भविष्यमा सुधार गरौँला भन्ने आफुहरुले जभाव नचाहेको भन्दै उनले लिखित रुपमा पूर्ण बजेट सहितको किताब आउनुपर्ने माग गरे । यस अघि आज बिहान सरकारले यहि बजेट सत्य हो भने पनी त्यो त्रुटी आफुहरुले स्वीकारन गर्न नसकिने बताए ।
कांग्रेसले उठेर विरोध जनाएपछि प्रदेशसभाका सभामुख राजबहादुर शाहीले पटक पटक बसेर बैठक संचालन गर्न आग्रह गरेपनि माग पुरा नभए सम्म बैठक सञ्चालन नहुने भन्दै अवरोध कायम गरे पछि बैठक स्थगित भएको हो ।
सभामुख राजबहादुर शाहीले बैठक असार १२ गते ३ बजे सम्मको लागि स्थगित गरिएको जानकारी दिए ।