स्वाब संकलनमा संलग्न रहेका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ

सल्यान – जिल्ला स्वास्थ्य कार्यालय सल्यानका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलनमा संलग्न रहेका ४५ वर्षीय ती स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जनु बुढाले बताए । संक्रमित पुरुषको असार ५ गते स्वाब संकलन गरी सुर्खेत पठाइएको थियो । ल्याब तथा आइसोलेसनमा खटिएका अन्यको स्वाब संकलन गरी पठाएकोमा एकजनाको रिपोर्ट पोजेटिभ आएको बुढाले बताए । स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालका अन्य कर्मचारीको पनि पिसिआर परीक्षण गरिने भएको छ । अहिले अस्पतालले सेवा कसरी प्रदान गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।