सुमन केसी र मेलिना राईको नयाँ गीत ‘बागमा’ सार्वजनिक

काठमाडौं – गायक सुमन केसी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘बागमा’ बोलको गीतको शब्द अम्बिका गुरुङको रहेको छ। राजन खतिवडाको संगीत रहेको गीतमा फणिन्द्र राईले एरेन्ज गरेका छन्।

सार्वजनिक गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अस्मिता श्रेष्ठ फिचर भएका छन्। उनीहरुलाई भिडियोमा निकै रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।

भावसागर इन्टरटेन्टमेन्टको निर्माणमा बनेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन्। भिडियोमा राजिव समरको करियोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियो सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन्।