बुण्डेस लिगाको शीर्ष स्थानमा बायर्न म्युनिख

एजेन्सी – जर्मन बुण्डेस लिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले हेर्था बर्लिनविरुद्ध १–० को संघर्षपूर्ण जित निकालेको छ।

शनिबार राति भएको खेलमा संघर्षपूर्ण जित निकालेको बायर्नले शीर्ष स्थानको अग्रता थप फराकिलो भएको छ। बायर्नले दोस्रो स्थानको आरबी लेइपजिगसँग स्पष्ट १० अंकको अग्रता बनाएको छ।

जारी लिगमा शीर्ष स्थानमा रहेका बायर्नको ४८ अंक रहेको छ। दोस्रो स्थानको लेइपजिगको ३८ अंक रहेको छ।

हर्थाविरुद्ध संघर्षपूर्ण जित निकाल्ने क्रममा २१ मिनेटमा बायर्नका किंग्स्ले कोमनले गरेको एक गोल नै निर्णायक बन्यो। पराजित हेर्था १७ अंकका साथ १५ औँ स्थानमा रहेको छ।