काठमाडौं – गायक कुशल थलङको ‘आनाकानी किन हो ठूली’ बोलको गीत सार्वजनिक भएको छ।
रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेञ्ज रहेको गीतमा कुशलको स्वर र संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बू थेबे, रोयल लिम्बू, करिश्मा क्षेत्री, कृति मिभक, सबनम राईको अभियन रहेको छ।
भाइहरुले विवाह गरिसक्दा पनि जेठोको जीवन आनाकानीमै बितेको दिनचर्यालाई रोमाञ्चक ढङ्गले भिडियोमा प्रस्तुत गरिएको छ। भिडियोको लागि सोम मगरातीको श्रृङ्गार, छायांकन भूपेन्द्र तुम्बाहाम्फे, पोष्ट प्रोडक्सन रमेश मिभक र पुष्पा तुम्बाहाम्फे, सम्पादन अनिल राना र निर्देशन दिनेश माङ्मुले गरेका हुन्। भिडियो कुशल थलङको आफ्नै च्यानलबाट हेर्न र सुन्न सकिन्छ।