आमहड्ताल सफल बनाउन भन्दै प्रचण्ड गाडीमा र नेपाल स्कुटरमा सडक निस्के

काठमाण्डौ – नेकपाको प्रचण्ड नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण सडकमा गाडी कम चलेका छन् ।

गाडी कम चलेपछि काम विशेषले हिँडडुल गर्नुपर्नेहरुलाई सास्ती भएको छ । आमहड्ताल सफल बनाउन भन्दै नेकपाका नेता कार्यकर्ता सडकमा पुगेका छन् ।

यसैक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सातदोबाटोबाट जावलाखेल हुँदै पुल्चोक पुग्नुभयो भने अर्का अध्यक्ष माधवकुमार नेपाल कोटेश्वर पुग्नुभयो । तर आफैँले आह्वान गरेको आमहड्तालमा दुवै अध्यक्ष पैदल हिँडेनन् ।

प्रचण्ड गाडीमा र नेपालले स्कुटरमा आमहड्ताल सफल बनाउन भन्दै सडकमा निस्केका हुन् । (उज्यालो)