गीतकार विष्णु इङ्नामको ‘औँठी बैना’

काठमाडौं – गायक दिपक लिम्बू र मेलिना राईको आवाजमा रहेको गीत ‘औँठी बैना’ गीत सार्वजनिक भएको छ।

गीतलाई भिडियोसहित हङकङबाट सार्वजनिक गरिएको हो। विष्णु इङ्नामको शब्द रहेको गीतको भिडियोमा धीरज लिम्बू र रेश्मा सम्बाहाङ्फेको अभिनय छ। उनिहरुलाई अभिनयमा मौसम इम्बुङ (फुलेन्देको बुबा), हेमराज अन्छड़बो, विष्णु इङ्नाम, नाम्लिङ ओख्राबो समेतले साथ दिएका छन्।

हङकङमा छायाँकन भएको भिडियोमा युगल पोमोको निर्देशन रहेको भिडियोमा मज्जाको राईको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन छ।

गीतको निर्माण गीतकार विष्णुले गरेका हुन्।