प्रचण्ड–माधव पक्षको आमहड्ताल मा पक्राउ पर्नेको संख्या ७१ पुग्यो

काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको छ ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशिल सिंह राठौरले बताए । रातोपाटी