आकाशको ‘ओ माइ लर्ड’ बोलको गीत सार्वजनिक

काठमाडौं – गायक आकाश मगरको ‘ओ माइ लर्ड’ बोलको गीत सार्वजनिक भएको छ ।

मगरलाई स्वरमा गायिका एलिना चौहानले साथ दिएकी छन् । गीत कलेजेज नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अस्ट्रेलियामा बस्दै आएका गायक मगरले नै गीतमा संगीत भरेका छन् भने गायक मगर र दिपक पाठकको शब्द रहेको छ ।

गीतमा लिल रक लुकको संगीत संयोजन छ । गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी र जिवेश सिंह गुरुङले अभिनय गरेका छन् । भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका छन् भने बिजेश पौडेलले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन जिवेशले गरेका हुन् ।