चीनमा नक्कली कोरोना खोप बनाउने ८० जना पक्राउ

काठमाडौं – चीनमा नक्कली कोरोना खोप बनाउने ८० जनालाई पक्राउ गरिएको छ।

खोप सम्बन्धी अपराध नियन्त्रण अभियान चलाउँदा ३ हजार मात्राको नक्कली खोपसहित ८० जनालाई पक्राउ गरिएको चिनिया विदेश मन्त्रालयले जनाएको छ।

अभियुक्तहरुले ४ महिनाभन्दा पहिलेदेखि सूइको सिसीमा स्लालाइन पानी भरेर खोप भन्दै बिक्री गरिरहेको फेला परेको हो।

विदेश पठाउन उनीहरुले नक्कली खोप तयार गरिरहेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। बेइजिङ, साङ्घाइ र स्यान्दोङका विभिन्न ठाउँमा नक्कली खोप बनाइरहेको फेला परेको हो।