सुर्खेत–कर्णाली प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था स्थापना गर्नको लागि गरीएको निर्णयलाइ नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कणाली प्रदेशले स्वागत गरेको छ । सामाजिक विजकास मन्त्रालयले आर्थीक वर्ष २०७७÷०७८ को स्थानीय तहको बजेट तथा निती कार्यक्रममा सो कार्यक्रमलाइ अनिवाई समावेस गर्न अनुरोध गर्दै पत्रचार गरेको थियोे । सो निर्णयलाइ समाजले विज्ञप्ती जारी गरी चाडो कार्यन्वयनमा लैजान समेत आग्रह गरेको छ । समाजका अध्यक्ष दिपेन्द्र कर्णेल र सचिव छविलाल खड्काद्धारा हस्ताक्षरीत विज्ञप्तीमा कर्णाली प्रदेश जडिबुटीको हिसाबले सबेभन्दा बढि धनी प्रदेशको रुपमा रहेको र यहाँ आयुर्वेद तथा वैकल्पिक स्वास्थ्यको प्रशस्त सम्भावना भएको विज्ञप्तीमा उल्लेख छ । नेपालको संविधानमा संघ, प्रदेश र स्थानिय तहबीचको अधिकार क्षेत्र बाँडपाडमा स्थानिय तहको अधिकारहरुमा आधारभूत स्वास्थ्य तथा सरसफाई समेत पर्ने उल्लेख गर्दै आधारभुत स्वास्थ्य अन्र्तगत आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा समेत पर्ने कुरा अवगत गराएको छ ।
ताजा खबर