कर्णालीमा थप ११ जनामा कोरोना, कुल संक्रमितको संख्या १२ सय ५६ पुग्यो

सुर्खेत – कर्णालीमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना देखिएको हो ।

जसमा सल्यानका ६ जना, सुर्खेत र दैलेखका २,२ जना र रुकुम पश्चिमका १ जनामा कोरोना देखिएको हो । उनीहरुको कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाँङमा गरिएको परिक्षणमा कोरोना देखिएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।