ओलीलाई वर्षमानको जवाफ– दायाँबायाँ दुई ठूला ढेडु बाँदर राखेर घर कसरी बन्छ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रामबहादुर थापा ‘बादल’ र टोपबहादुर कुहिएको फर्सी हुन् कि होइनन् ? भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले जनआन्दोलनलाई कुहिएको फर्सी भन्दै दिएको अभिव्यक्तिको जावफमा उनले दुईतिर राखेको ‘बाँदर’ले आफूलाई पनि कुहाउनेमा ख्याल गर्न सुझाए ।

“जनयुद्ध त कुहिएको फर्सी ? म प्रश्न गर्छु केपी ओलीजी, वरिपरि बसेका बादल र टोपबहादुर ठूला फर्सी हुन कि होइनन् ? त्यसै हो भने ती कुहिएका दुई फर्सीले तपाइँलाई कुहाउनेवाला छन् सानो–सानो समूह रहे पनि ख्याल गर्नुस्,’ बिहीबार बुटवलमा आयोजित कार्यक्रममा पुनले भने ।

उनले ओलीलाई जनयुद्धलगातयका आन्दोलनले ओलीलाई कुर्सीमा पु¥याएको भन्दै अरुलाई व्यंग्य गर्न खोज्दा ओलीले आफैँलाई नै व्यंग्य गरिरहेको बताए । उनले दायाँ र बायाँ बादल र टोपबहादुरका रुपमा रहेका दुई ठूला ढेडु बाँदरहरुले कसरी घर बन्छ ? भन्दै कटाक्षसमेत गरे । आफूहरुको समूह नै मूलधार भएको उनले बताए । उनले ओलीलाई अपशब्द बोल्न छोडेर विचारको संघर्षमा आउन चुनौतीसमेत दिए ।
फाइल तस्बिर । -बाह्रखरी