जुम्लामा पनि कोरोनाविरुद्धको खोप सुरु, १४ सय फ्रन्टलाइनर्सलाई खोप दिइदै

 जुम्ला – कोरोनाविरुद्धको खोपकाे जुम्लामा पनि सभारम्भ गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा खोप केन्द्र स्थापना गरी खोप लगाउन सुरु गरिएको हो ।

स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स तथा शवबहान चालकलाई कोरानाविरुद्धको खोप लगाउन थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले भने, ‘बुधबार र बिहिबार गरी दुईदिन खोप क्लिनिक सञ्चालन गरिने छ ।’

चन्दननाथ नगरपालिका ५१० जना, पातारासी ११५ जना, गुठीचौर ८४ जना, कनकासुन्दरी १५२ जना, सिंजा १०० जना, हिमा १४३ जना, तिला ११८ जना, तातोपानी गाउँपालिका ११४ जना र ६३ थना थप गरी १ हजार ४ सय जना खोप दिइने छ ।