नेकपाका उपाध्यक्ष गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

काठमाडौं – पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ।

गौतमले ललितपुरको एक होटलमा बिहान ११ बजेपछि कार्यक्रम गरेर
पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको उपाध्यक्ष गौतमको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा विघटनको घोषणाअघि प्रधामन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै आउनुभएका गौतम प्रतिनिधिसभा विघटनपछि भने कुनै पनि समूहमा रहनुभएको छैन । गौतम प्रचण्ड–नेपाल समूह या ओली समूहमा नजाने भन्दै उहाँले पार्टी एकता अभियान सुरु गर्न लाग्नुभएको हो ।

प्रतिनिधिसभा विघटनको कदम गलत रहेको तर आफू नेकपाका दुबै समूहलाई मिलाएर अघि बढ्न सक्रिय हुने र कुनै पनि समूहमा नलाग्ने उहाँको भनाई छ ।