सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । उपचारको क्रममा उनको शुक्रबार बिहान ६:५ बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । पुस २७ मा गरिएको पीसीआर परीक्षणमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना संक्रमण पुष्टि भएकै दिन उनलाई भेरी अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो । रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक सपोर्टमा उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ।