कृषि विकास बैंकले विभिन्न पदका लागि ३२६ जना कर्मचारी माग्यो ,दरखास्त दिने समय माघ ९ गतेदेखि २९ गतेसम्म

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै दरखास्त आह्वान गरेको छ।

बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो।
माघ ९ गतेदेखि २९ गतेसम्म दरखास्त दिन सकिन्छ।

आज गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो। अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ।