सल्यान- सल्यानको पश्चिम क्षेत्रमा विद्यार्थी,शिक्षक र कर्मचारी गरि १६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । ४७ जनाका स्वाबमा १६ जनामा कोरोना देखिएको छ ।
प्रभाकर मावि ८ विद्यार्थी सह्याक प्रधानाध्याप,बन्गाड क्याम्पस बन्गाड सल्यानका क्याम्पस प्रमुख,गंगा प्रावि अम्राका प्रधानाध्यापक सहित १ शिक्षक,मुक्ति माविका प्रधानाध्यापक,नगरपालिका महिला तथा वालवालिका शाखाकाका एक जना कर्मचारी र लक्ष्मि वैंक सुर्खेत सिम्ताका शाखा प्रवन्धक सहित १६ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।
बुधबार गरिएको चेकजाँचमा आज उनिहरुको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।सबै भन्दा वढि नगरले आइसुलेसन वनाएको प्रभाकर माध्यमिक विद्यालयका विद्यार्थीको कोरोना रिपोर्ट पोजेटिभ देखिन थालेको छ ।
कोरोना रिपोर्ट पोजेटिभ आउनेमा प्रभाकर मावि देवस्थलका विद्यार्थी वर्ष २१,१६,१४,११,१५,१०,१५,१४,शिक्षक तर्फ वर्ष ४६,३९,४१,५४,३९, वैंक कर्मचारी ३० र नगरपालिकाका कर्मचारीको उमेर भने ३२ रहेको छ ।
सबैलाई घरमै आइसुलेसनमा वस्न अनुरोध गरिएको छ ।पछिल्लो चरणमा कोरोना रिपोर्ट पोजेटिभ आए पनि होम आइसुलेसनमा नवसि परिवारसँगै र छरछिमेक घुलमिल भैरहेको देखिन्छ ।
कोरोनालाइ निकै हेल्चक्रयाइ तवरेले हेरिरहेको छ ।साथै कोरोना लक्षणसँग मिल्दोजुल्दो संकेत देखिएमा स्वास्थ्यकर्मिको सम्पर्कमा गैइ सल्लाह लिन र चेकजाँच गराउन समेत नगर स्वास्थ्य शाखाको अपिल छ ।