भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भ्याक्सिन लगाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोश्रो चरणमा कोरोना भ्याक्सिन लगाउने भएका छन्। जनमानसमा भ्याक्सिनप्रति विश्वास वृद्धि गर्नका लागि उनी सहित मुख्यमन्त्रीहरुले भ्याक्सिन लगाउने भएका हुन्।

 

भारतीय संचार माध्यम आजतकका अनुसार प्रधानमन्त्री मोदीले खोप अभियानको सुरुमा दोश्रो चरणको खोप ५० वर्षभन्दा माथिको उमेरको लागि दिईने बताएका थिए। जसअनुरुप उनले खोप लगाउनेछन्।

तर दोश्रो चरण कहिले सुरु हुन्छ भने निर्णय हालै भैसकेको छैन। भारतमा पहिलो चरणको खोप लगाउने क्रममा साइडइफेक्टको खबरहरु आइरहेकोले जनमानसमा त्रास उत्पन्न भएको छ। यहि त्रासलाई हटाउनको लागि मोदी सहित अन्य ५० नाघेका संसद र मुख्यमन्त्रीहरुले खोप लगाउने बताइएको छ । -एजेन्सी