आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

सुर्खेत- सिम्ता गाउँपालिकामा १ असारमा आत्महत्या गरेकी २५ वर्षीय युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार कर्णालीको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्ति अनुसार उनले असार १ गते आत्महत्या गरेको जनाइएको छ । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको हो। उनी हालै मात्र भारतबाट आएकी थिइन्। सिम्ता वडा ८ को एक क्वारेन्टाइनमा बसेर आरडीटी रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टनइनबाट घर पठाइएको बिज्ञप्तिमा उल्लेख छ । कर्णलीमा उनि कोभिड १९ संक्रमण पुष्टि भएको चौथो मृतक हुन ।